माता–पिता बन्दै आलिया र रणवीर

बिहे गरेको २ महिनापछि नायिका आलिया भट्ट आमा बन्ने भएकी छिन् । नायिका आलिया भट्टले अप्रिल २२ मा नायक रणवीर कपुरसँग बिहे गरेकी थिइन् । बिहे गरेको २ महिनापछि आफू आमा बन्न लागेको जानकारी आलियाले सामाजिक संजालबाट गरेकी छिन् । उनले लेखेकी छिन्–‘हाम्रो बच्चा, चाडै आउँदैछ ।’

अस्पतालमा भिडियो एक्स रे गरेको फोटो राख्दै आलिया मुस्कुराएकी छिन् । उनको साथमा रणवीर कपुर पनि छन् ।

आलियाले यो फोटो राखेसँगै सामाजिक संजालमा बधाईको ओइरो लागेको छ । आलिया र रणवीरले अभिनय गरेको फिल्म ‘ब्रम्हास्त्र’ यसै बर्ष रिलिज हुँदैछ ।