चलचित्र संघको महासचिवमा नरेन्द्र महर्जन

नेपाल चलचित्र संघले आफ्नो कार्यसमिती गठन गरेको छ । सोमबार संघको कार्यलयमा नव निर्वाचित कार्यसमितीले पदभार सम्हालेका छन् । संघको अध्यक्षमा विरेन्द्र नारायण श्रेष्ठ निर्वाचित भएका थिए । उनले, प्रथम उपाध्यक्षमा कुबेर शर्मालाई कार्यभार दिएका छन् ।

यस्तै, संघको द्धितिय उपाध्यक्षमा गोपालकाजी कायस्थ, तृतिय उपाध्यक्षमा भाष्कर ढुंगाना मनोनित भएका छन् । संघको महासचिवमा भने नरेन्द्र महर्जन मनोनित भएका छन् । यस्तै, संघको उप–महासचिवमा ओम जैसी र कोषाध्यक्षमा कपिलप्रसाद द्धा मनोनियत भएका छन् ।

संघको नयाँ कार्यसमितीले ३ बर्ष काम गर्नेछ ।