‘के घर के डेरा’लाई तिहारमा रिलिज गर्ने तयारीमा दीपेन्द्र

निर्देशक दीपेन्द्र के खनालको नयाँ फिल्म ‘के घर के डेरा’लाई तिहारमा रिलिज गर्ने तयारी गरिएको वुझिएको छ । यो मितिमा डेब्यू निर्देशक सुरज पाण्डेको निर्देशनमा बनेको फिल्म ‘परस्त्री’ पनि रिलिज हुने तय गरिएको थियो । तर, अब यो फिल्मलाई केही पर धकेल्दै ‘के घर के डेरा’ रिलिज गर्ने तयारी गरिएको वुझिएको छ । यो बिषयमा निर्माणपक्षले कुनै पनि घोषणा भने गरेको छैन ।

तिहारमा ‘२ नम्बरी र नालापानी’ आउने पक्का भैसकेको छ । यस्तै, २ बलिउड फिल्म पनि यही मितिमा रिलिज हुनेछन् । दीपेन्द्र आफ्नो महत्वकांक्षी प्रोजेक्टलाई यही मितिमा रिलिज गरेर अरु फिल्मलाई चुनौती दिन चाहन्छन् ।

फिल्ममा विपिन कार्की, दयाहाङ राई, वर्षा राउत, सुरक्षा पन्त लगायतका कलाकारको अभिनय छ । दीपेन्द्र निर्देशित फिल्म ‘चिसो मान्छे’ भने दोश्रो सातामा हलमा चलिरहेको छ ।