नीताको फिल्ममा साउथ कलाकारको लर्को, भित्रिए ब्रहमानन्दम

नायिका नीता ढुंगानाले लगानी गर्न लागेको फिल्म ‘ह्रस्व दीर्घ’मा नेपाली भन्दा साउथका कलाकारको टिम ठूलो हुने भएको छ । साउथ फिल्मको बढ्दो क्रेजलाई देखेर नीताले यसपटक रकममा संझौता नगरि साउथका कलाकारलाई भित्राइरहेकी छिन् । अब, उनको फिल्ममा साउथ फिल्मका चर्चित कमेडियन कलाकार ब्रहमानन्दमको प्रवेश भएको छ ।

नीता फिल्म्सको ब्यानरमा निर्माण हुने फिल्ममा नीता ढुंगाना र हरिहर अधिकारी मुख्य भूमिकामा रहनेछन् । भारतमा रहेका फिल्मका निर्देशक चन्द्र पन्तले ब्रहमानन्दमसँग संझौता गरेका छन् ।

यो फिल्ममा सुलिन वर्मा, प्रदीपराज रावत, अली लगायतको अभिनय रहने पक्का भैसकेको छ । दशैंपछि छायांकनमा जाने फिल्मलाई रामोजी स्टूडियोमा खिचिनेछ । कुनै समय साउथका फिल्ममा ब्रहमानन्दम नहुँदा खल्लो महशुश हुन्थ्यो । उनै, चर्चित कमेडियनले नेपाली फिल्ममा डेब्यू गर्न लागेका हुन् ।