बक्स अफिसमा ‘जुग जुग जियो’ले तोड्यो दम

Mero Film

बलिउड नायक बरुण धवन र नायिका कियारा आडवाणी अभिनित फिल्म ‘जुग जुग जियो’ले ३ दिनमा राम्रो कमाई गर्यो । सुरुवाती ३ दिनमा ३७ करोडको इनिसियल व्यापार गरेको फिल्मले सोमबार भने दम तोडेको छ । यो फिल्मले सोमबार ४.८२ करोडको व्यापार गरेको छ ।

धर्मा प्रोडक्शनको ब्यानरनमा निर्माण भएको यो फिल्ममा अनिल कपुर, नीतु सिंहको पनि मुख्य भूमिका छ । समीक्षकले उत्कृष्ट भनेपनि फिल्मले भने अपेक्षित व्यापार गर्न सकेन । मंगलबार फिल्मले अझै कमजोर व्यापार गरेको छ ।
यसरीहेर्दा, १ सय करोड भन्दा बढी लगानीमा बनेको फिल्मले भारतीय बक्स अफिसमाबाट मात्र लगानी नउठाउने निश्चित जस्तै छ ।

पारिवारिक कथामा बनेको यो फिल्मलाई दर्शकले खासै रुचाएनन् ।


Leave a Reply

Your email address will not be published.