फिल्म खेल्न किन डराउँछन् अनमोल ?

नायक अनमोल केसी निक्कै कम फिल्म खेल्ने कलाकार हुन् । उनले आफ्नो करिअरमा ८ वटा मात्र फिल्ममा अभिनय गरे । वर्षमा एउटा वा दुई वर्षमा एउटा मात्र फिल्म उनको रिलिज हुने गरेका छन् । अनमोल केसीलाई लिएर फिल्म बनाउन निर्माता त हानथाप गर्छन् । तर, उनलाई फिल्म खेलाउन सहज भने छैन ।
अनमोल बारम्बार भन्ने गर्छन्–‘दर्शकले मबाट धेरै अपेक्षा गरेका छन् । यसैले, म दर्शकको अपेक्ष पुरा गर्नका लागि पैसाको पछि लाग्दिनँ । आफूलाई चित्त नवुझेसम्म फिल्म साइन गर्दिनँ ।’
हुन पनि हो, अनमोलले फिल्म साइन गरेर पनि छाडेका केही उदाहरण छन् । ‘ए मेरो हजुर’को २ वटा सिरिजमा काम गरेका अनमोलको विगत ४ बर्षदेखि यही फिल्मले नै स्टारडम धानिदिएको छ । उसो भए के अनमोल फिल्म खेल्न डराउँछन् त ?
‘धुपौरे, ब्याचलर बन्टी, हनी बनी’ लगायतका फिल्म उनले साइन गरेर छाडे । अर्थात, अनमोल आफूले साइन गरेका फिल्म कमजोर बन्छन् या चल्देनन् कि भन्ने डरले बढी आक्रान्त छन् । यसैले, उनी हतपत्त फिल्म साइन नै गर्दैनन् । अनमोलले फिल्म साइन गर्ने वित्तिकै चलाउने जिम्मा उनको काँधमा जान्छ । यसैले, अनमोल केसी फिल्म साइन गर्न डराइरहेका छन् ।
‘ए मेरो हजुर ४’ रिलिज भएको ३ महिना भैसकेको छ । तर, अनमोलले नयाँ फिल्म साइन गरेका छैनन् । अनमोल आफैले पनि नयाँ फिल्म साइन नगरेको बताएका छन् । यसर्थ, यो बर्ष उनको नयाँ फिल्म आउँछ या आउँदैन पक्का छैन ।

आइटम गीतमा जम्दै वर्षा सिवाकोटी

रेखालाई बेनिशाको करिअरको चिन्ता

पल र करिश्मालाई कती हतार ?

जताततै स्वस्तिमा

निश्चलसँग फिल्म गरेपछि स्वस्तिमाको प्रशंसा नै प्रशंसा
_1K2RpWMqh9_xab27tnubq43azrglygwvoolehh3h6uzc4cwyqj1hafkgroeljph7miww65a_dv3YlHBppK_y3vjhpehzhgkzt3nxbipqq7xtywutpuytdoihkbzlexduakkblr5zhlf8p2b.jpg)
वर्षाको प्रचारः फिल्मको कुरा एकातिर, डिभोर्सको चर्चा चारैतिर

विरामी अनमोल: ठमठम हिँड्दै प्रहरी, सरकारी वकिल कार्यालय र अदालत पुगे !

प्रतिक्रिया