‘बुलाकी’ कात्तिक १८ गतेबाट प्रदर्शनमा आउने

फिल्म ‘बुलाकी’ कात्तिक १८ गतेबाट प्रदर्शनमा आउने भएको छ ।

सुरक्षा पन्त र नरेन खड्काको मुख्य भूमिका रहेको फिल्मको बुधबार पोष्टर सार्वजनिक गर्दै निर्माण टिमले प्रदर्शन मिति तय गरेको हो ।

कर्णाली भेगको जनजीवन, रीतिथिति तथा संस्कृतिक समेटिएको फिल्म ‘बुलाकी’को पोष्टरमा अभिनेत्री सुरक्षा र नरेनसँगै अर्का अभिनेता विराज विष्टलाई प्रस्तुत गरिएको छ ।

पोस्टरमा सुरक्षालाई डोको बोकेकी गाउँले युवतीको भूमिकामा देख्न सकिन्छ । यता अभिनेताद्धय खड्का र बिष्ट पनि गाउँले लूक्समा प्रस्तुत छन् ।

फिल्ममा सुरक्षा, नरेन्द्र खड्का, नवअभिनेता विराज विष्ट र प्रकाश कँडेल, रमेश बुढाथोकी, सुशील पोखरेल, लक्ष्मी गिरी, कुलदीप अधिकारी, झलनाथ खत्री, सरस्वती खत्री, उपासना वाइवा, सोनु सेढाइँ, धनबहादुर राई, लक्ष्मण देवकोटा, वसन्त परियारको अभिनय छ ।

‘बुलाकी’लाई लक्ष्मण सुनारले निर्देशन गरेका हुन् । राजबहादुर सानेको कथा, राजबहादुरसँगै निर्देशक सुनार, निर्मल पौडेल र विराज बिष्टको पटकथा तथा संवाद रहेको फिल्मको निर्माता टोपेन्द्र बिष्ट हुन् ।

डोल्पा जिल्लामा छायाँकन गरिएको फिल्म नेपाली समाजको मौलिक कथामा निर्माण भएको निर्देशक सुनारले बताएका छन् ।

अभिनेता नरेनले कतिपय कथाहरु पढ्दै जाँदा मनमा गएर बस्ने बताउँदै त्यहीमध्येको एउटा कथा ‘बुलाकी’ रहेको बताएका छन् ।

शिव ढकालको छायाँकन रहेको ‘बुलाकी’ फिल्ममा सम्पादनको जिम्मेवारी अर्जुन जि.सी.ले पाएका छन् ।