सुहाउँदो भूमिका आए काम गर्ने अरुणीमाको चाहना

कुनै समय नेपाली फिल्म क्षेत्रमा राज गरेकी नायिका अरुणीमा लम्साल ३ दिन अगाडि छोरी र आमासँग नेपाल आएकी छिन् । नेपाल आएकी अरुणीमा २ महिना बस्नेछिन् । ८ बर्ष अगाडि स–परिवार अमेरिका पुगेकी अरुणीमा छोरीसहित नेपाल आउन पाउँदा उत्साहित छिन् ।

नेपाली फिल्म क्षेत्रमा बोल्ड नायिकाको छवि बनाएकी अरुणीमा अहिले भने आफूलाई रोमान्टिक यूवा प्रेमकथा नसुहाउने बताउँछिन् । मेरो फिल्मसँग गफिने क्रममा उनले भनिन्–‘मलाई अब पहिलेको जस्तो रोमान्टिक कथा सुहाउँदैन । तर, आफूलाई सुहाउँदो भूमिका आयो भने पक्कै पनि गर्छु ।’

२ महिना नेपाल बस्दा अरुणीमाले साथीभाई, मिडियाकर्मीलाई भेट्ने, नेपालका विभिन्न रमणीय स्थान घुम्ने योजना बनाएकी छिन् ।

नेपाली फिल्मको विकास देखेर खुशी भएकी उनले आफू पछि आएका कलाकारहरुले राम्रो गरेको प्रतिक्रिया दिइन् । अमेरिकामा रहँदा पनि नेपाली फिल्म हेरेकी उनले मिडियाको विकासले कलाकारलाई अझै सहज भएको प्रतिक्रिया दिइन् ।