झिँगा, सिक्का र केकीको स्वरमा ‘झिँगेदाउ’को टाइटल टिजर सार्वजनिक

फिल्म ‘झिँगेदाउ’को टाइटल टिजर सार्वजनिक गरिएको छ ।

ज्ञानेन्द्र देउजा निर्देशित फिल्मको सार्वजनिक टाइटल टिजरबाट फिल्मको कथासार बुझाउन खोजेको देख्न सकिन्छ।

सार्वजनिक ३० सेकेण्डको टिजरमा झिँगा, सिक्का र मुख्य अभिनेत्री केकी अधिकारीको स्वर सुन्न सकिन्छ ।

निर्देशक तथा निर्माता देउजाले झिँगेदाउको अर्थ बुझाउन पनि आफुने टाइटल टिजर सार्वजनिक गर्नु परेको खुलाएका छन् ।

आगामी भदौ १७ गतेबाट फिल्म नेपालभरका हलहरुमा रिलिज हुने छ । फिलमको पोस्ट प्रोडक्सनको सम्पुर्ण काम सकिएकाले अब आफु पुर्ण रुपमा प्रचारमा केन्द्रित रहेको निर्देशक देउजाले बताए ।

कपनगडी सिनेमा र फिल्म क्रियु नेपालको ब्यानरमा निर्माण भएको फिल्म भिमनिधि तिवारीको कथा ुझिँगेदाउुमा आधारित रहेको छ ।

प्रदीप भारद्वाजको पटकथा तथा सम्वाद लेखेको फिल्ममा अर्जुन पोखरेलको संगीत, बिष्णु घिमिरेको छायांकन, मित्र डि गुरुङको सम्पादन छ । सुलभ प्रतिक देउजा र समीक्षा देउजा निर्माता रहेको फिल्मका सह-निर्माताको रुपमा सुशिल दाहाल र ईश्वर घिमिरे रहेका छन् ।

फिल्ममा केकी अधिकारी, आँचल शर्मा, मुकुन भुषाल र कुशल बिष्टको मुख्य भुमिका रहेको छ । फिल्ममा केकी र आँचल जेठानी देउरानीको भुमिकामा देखिने छन् ।

रामजी लामिछानेकको कोरियोग्राफी रहेको केहीदिन अघि श्रीकाली चौरमा खिचिएको फिल्मको गीत आगामी हप्ता रिलिज गर्ने तयारी भैरहेको छ ।