मलाई बैशाखसम्म फिल्म अफर नगर्नुहोस्ः विपिन कार्की

Mero Film

नायक विपिन कार्कीले आफूलाई आउँदो बर्षको बैशाखसम्म फिल्म नै अफर नगर्न निर्माताहरुलाई आग्रह गरेका छन् । नेपाली फिल्म क्षेत्रका सर्वाधिक व्यस्त नायकले बैशाखसम्म आफ्ना लागि नयाँ फिल्मलाई दिने समय नभएको उनले बताएका छन् ।

फिल्म ‘प्रसाद २’को घोषणा कार्यक्रममा विपिनले भने–‘मलाई फिल्मको अफर धेरै आउँछ । आउँदो बर्षको बैशाखसम्म मेरो सेड्यूल प्याक छ । यसैले, मलाई कसैले पनि फिल्म अफर नगरिदिनुहोला ।’

विपिनले आफूले पारिश्रमिक धेरै लिएको भए निर्माताले अफर नै नगर्ने तर्क गरे । उनले भने–‘पारिश्रमिक मैले धेरै लिएको भए मलाई यति धेरै फिल्मको अफर किन आउथ्यो होला र ? मैले कहिलेकाही पारिश्रमिक नलिएर पनि काम गरेको छु । यसैले, म कुनै पनि प्रोजेक्टमा जोडिएपछि शतप्रतिशत दिने कोशिश गर्छु ।’

उनले, आफूले काम नगरेका फिल्मका मेकरले पख्लास् भन्दै बजारमा हल्ला फिजाएको समेत आरोप लगाएका छन् । नायक विपिन कार्की ‘प्रसाद २’को छायांकनपछि बलिउड फिल्म ‘एनिमल’मा काम गर्न मुम्बई जानेछन् ।


Leave a Reply

Your email address will not be published.