सरकारले ‘विशिष्ट फिल्मीकर्मी’को कार्ड बाड्दा निर्देशक लामाको आपत्ती

नेपाल सरकारले आज चलचित्र विकास बोर्डमा आयोजित कार्यक्रममा ६ दर्जन फिल्मीकर्मीलाई ‘बिशिष्ट फिल्मीकर्मी’को कार्ड वितरण गरेको छ ।
सरकारले वितरण गरेको कार्ड निर्देशक, निर्माता, वितरक, कलाकार, प्राविधिक लगायतले पाएका छन् । उमेर र योगदानको आधारमा यो कार्ड वितरण गरिएको हो । तर, विकास बोर्डले कार्ड वितरण गरेपछि फिल्मीकर्मीहरुले आपत्ती पनि जनाएका छन् ।
फिल्म निर्देशक तथा समीक्षक दीपेन्द्र लामाले फिल्म उद्योगलाई नै विशिष्ट घोषणा गरिदिए टन्टै साफ हुने भन्दै ब्यङ्ग्य कसेका छन् । उनले लेखेका छन्–‘हिजोसम्म साधारण, तर आजबाट विशिष्ट हुनुभएका फिल्मीकर्मीहरुलाई बधाई । चलचित्र विकास बोर्डले फिल्म उद्योगलाई नै विशिष्ट घोषणा गरिदिए टन्टै साफ हुन्थ्यो । हुँदाहुँदा फिल्म पत्रकारलाई पनि विशिष्ट फिल्मीकर्मी घोषणा गरिएछ । कही नभएको रमिता नेपालमै हुन्छ ।’
उनले, विशिष्ट फिल्मीकर्मीहरु भएको विश्वको एक मात्र देश नेपाल भएको भन्दै फिल्मीकर्मी विशिष्ट, फिल्म निकृष्ट भनेर लेखेका छन् । लामासँगै अन्य केही फिल्मीकर्मीले पनि विकास बोर्डको कार्ड वितरणमा आपत्ती जनाएका छन् ।

‘मीराः स्याडो अफ अ रेन्बो’को फर्स्टलुक पोस्टर सार्वजनिक

शर्मिलासँग लगनगाँठो कसे रमेश बिजीले
‘परस्त्री’को गीत ‘माया बस्यो’मा रोमान्टिक शिल्पा र गौरव

राष्ट्रपतिप्रति मनिषा कोइरालाको आक्रोश: 'लेन्डुप दोर्जेको याद आयो'
थ्रिलर र सस्पेन्स युक्त ‘अन्तिम संस्कार’को ट्रेलर

प्रतिक्रिया