‘प्रसाद २’मा नम्रता र विपिन, जोडिए अर्पण

हिट फिल्म ‘प्रसाद’को सिक्वेलको घोषणा भएको छ । बिहिबार आयोजना भएको पत्रकार सम्मेलनमा सुदर्शन थापाले निर्देशन गर्ने फिल्मको घोषणा गरिएको हो । यो फिल्मलाई सुभाष थापाको प्रस्तुतिमा निर्माण गरिदैछ । फिल्मको छायांकनको लागि टिम आज पोखराको हेम्जाकोट प्रस्थान गर्नेछ ।

फिल्ममा नम्रता श्रेष्ठ, विपिन कार्की, अर्पण थापा, राज कटुवाल लगायतका कलाकारको मुख्य भूमिका छ । निर्देशक सुदर्शन थापाले फिल्मले पाएको चर्चालाई यसको सिक्वेलमा अझै उत्कृष्ट बनाउन कोशिश गर्ने बताए ।

नायक विपिन कार्कीले हिट फिल्मको सिक्वेल कमजोर नहुने दाबी गरे ।

यो फिल्ममा राजेश श्रेष्ठको छायांकन, राजनराज सिवाकोटीको संगीत रहनेछ । फिल्मको प्रदर्शन मिति भने तय गरिएको छैन । फिल्ममा केशव पाण्डेको लगानी रहनेछ ।