अन्जली र खुमनको ‘थरी थरी भोले’

गायक खुमन अधिकारी र गायिका शान्तीश्री परियारको स्वर, रविन लामिछानेको शब्द तथा खुमन अधिकारीको संगीतमा तयार भएको ‘थरी थरी भोले’ बोलको गीतको म्युजिक भिडियो सार्वजनिक गरिएको छ ।

तीज पर्व आउन केही महिना बाँकी रहँदै यससँग जोडिएका गीतहरु सार्वजनिक हुन थालेका हुन् । यो गीतमा गायत्री थापाको निर्देशन, जेरी भण्डारीको पटकथा तथा कोरियोग्राफी, करण चैसिरको छायांकन, नविन घर्तीमगरको सम्पादन छ ।

भिडियोमा खुमन अधिाकरी, अन्जली अधिकारी र अभिषेक खड्काले मोडलिङ गरेका छन् ।