नीता र हरिहरको बिहेमा मिडियालाई छेक्ने नीति

Mero Film

नायिका नीता ढुंगाना र ज्योतिष तथा कलाकार हरिहर अधिकारी असारको २४ गते बैबाहिक जीवनमा बाँधिदैछन् । बैबाहिक जीवनमा बाँधिने समयसम्म पनि यी दुइले प्रेम सम्बन्ध स्विकार गरेका छैनन् । तर, उनीहरुको प्रेम मिडियाबाट कहिल्यै लुकेन ।

नीताले बिहे अगाडि बुधबार बेलुकी बुढानिलकण्ठको एक होटलमा ब्याचलर पार्टी गरिन् । आफ्ना नजिकका यूवती साथीहरुलाई मात्र बोलाएर उनले पार्टी गरिन् । रोचक कुरा त के छ भने, उनले आफ्ना नजिकका साथीहरुलाई मिडियालाई फोटो उपलब्ध नगराउन उर्दी नै जारी गरेकी छिन् ।

उनी आफैले असारको २० गते सामाजिक संजालबाट बिहे गर्न लागेको जानकारी दिने तयारी गरेकी छिन् ।

बिहेमा पनि नीता र हरिहरले मिडियालाई पुर्ण रुपमा बन्देज लगाउने नीति लिएका छन् । रोचक कुरा के छ भने, बिहेको भिडियो आफ्नै युट्युब च्यानलबाट सार्वजनिक गर्न उनीहरुले मिडियाप्रति गरम नीति लिएका हुन् ।

बिहेको भोलीपल्ट वा एक दिनपछि उनीहरु याक यन्ड यतिमै बिहे भोज समेत दिदैछन् । तर, बिहे भोजमा पनि मिडियाकर्मीलाई बोलाउने तर क्यामेरा बन्देज लगाउने नीति उनीहरुले लिएका छन् । यो नीति भोली गएर परिवर्तन हुन्छ या हुँदैन, अझै पक्का भएको छैन ।

फिल्म बनाउन लागेका उनीहरुले हरेक दिन नयाँ नयाँ कलाकारको घोषणा गर्दै मिडियालाई समाचारका लागि हारगुहार गरिरहेका छन् । नेपाली फिल्म भनेर घोषणा गरेपनि साउथका कलाकार राखेर साउथ फिल्म बनाउन लागेको झल्को दिएका नीता र हरिहरले बिहेमा भने मिडियाप्रति यति रुखो व्यवहार किन देखाउन खोजेका छन्, यो उनीहरुले नै जान्ने कुरा हो ।


Leave a Reply

Your email address will not be published.