पहिलो पटक पूजासँग अनमोलको जोडी

Mero Film

नायिका पूजा शर्माको होम प्रोडक्शनबाट बन्ने पहिलो फिल्ममा नायक अनमोल केसी अनुवन्धित भएका छन् । अनमोलले पूजासँग जोडी बाँधेर काम गर्ने फिल्म आज साइन गरेका हुन् । मेरो फिल्मलाई प्राप्त जानकारी अनुसार, चलचित्रको कथा पढेपछि अनमोल पूजासँग काम गर्न राजी भएका हुन् ।

यो फिल्मलाई सुदर्शन थापाले निर्देशन गर्दैछन् । पूजा, अनमोल र सुदर्शनले यसअघि पनि केही चफिल्ममा सहकार्यका लागि कुराकानी गरेका थिए । तर, यी तिन नेपाली फिल्मका सर्वाधिक सफल नायिका, निर्देशक र नायकविच सहकार्य संभव भएको थिएन ।

तर, यसपटक भने अनमोल, पूजा र सुदर्शनविचको सहकार्य पक्का भएको छ । यो बिषयमा निर्माण टिमले केही पनि बताएको छैन ।

फिल्मको नाम तय गरिएको छैन । तर, फिल्मलाई कार्तिकपछि छायांकनमा लैजाने तयारी पूजाको छ । यसअघि सुदर्शन थापासँग मिलेर फिल्म बनाउँदै आएकी पूजाले यो फिल्म भने आफ्नो सोलो लगानीमा बनाउने तयारी गरेकी छिन् ।

नेपाली फिल्म क्षेत्रमा पूजा प्रेमकथामा फिल्ममा सर्वाधिक रुचाइएकी नायिका हुन् ।

यस्तै, सुदर्शन थापाले लभ स्टोरी फिल्ममा आफूलाई अब्बल साबित गरिसकेका छन् । नायक अनमोल केसीलाई भने हरेक बर्गका दर्शकले लभ स्टोरी फिल्ममा खुबै रुचाएका छन् । यसैले, यी तिनको सहकार्य नेपाली फिल्मको बक्स अफिसमा सुखद हुने अपेक्षा गर्न सकिन्छ ।


Leave a Reply

Your email address will not be published.