रानीको स्वरमा ‘म डुब्दै गएँ’ रिलिज, आकाश–गीताको रोमान्स

अमेरिकामा रहेकी गायिका रानी शाक्यले आफ्नो गीतसंगीतको निरन्तरतालाई रोकेकी छैनन् । महिनामा एउटा प्रोजेक्ट उनले सार्वजनिक गरिरहेकी छिन् । उनै, रानीको स्वरमा नयाँ गीत ‘म डुब्दै गएँ’ सार्वजनिक गरिएको छ ।

यो गीतमा रानीलाई गायक बल बहादुर राजवंशीले साथ दिएका छन् । गीतमा विकास चौधरीको संगीत, हरि उप्रेतीको शब्द छ । सार्वजनिक भएको भिडियोमा नायक आकाश श्रेष्ठ, मोडल गीता ढुंगाना र बालकृष्ण निरौलाको अभिनय छ ।

भिडियोमा उत्तम हुमागाँइको छायांकन, माधव बेलबासेको सम्पादन तथा प्रहिल कार्कीको निर्देशन छ । सार्वजनिक गीतमा एक जोडीको प्रेमभाव व्यक्त गरिएको छ ।