अर्थर गनले पहिलोपटक नेपालका सात सहरमा कन्सर्ट गर्दै

अमेरिकन आइडल फाइनलिस्ट दिवेश पोखरेल अर्थात अर्थर गनले नेपालमा नेपाल भर कन्सर्ट गर्ने भएका छन् ।

अर्थर गन पहिलोपटक नेपाल आउन लागेका हुन् । सन् २०२० को अमेरिकन आइडलमा फस्ट रनरअप भएका अर्थर गनले आउदो भदौमा मुलुकका सात सहरमा कन्सर्ट गर्ने भएका हुन्। अर्थरको नेपाल कन्सर्टको सबै जिम्मा ब्रेनसर्भिसले लिएको छ ।

यस कन्सर्टलाई च्यारिटीको शैलीमा पनि आयोजना गर्ने तयारी छ । कन्सर्ट आयोजक ब्रेनसर्भिसका अनुसार काठमाडौं, पोखरा, नेपालगञ्ज, भैरहवा, चितवन इटहरी र काँकडभिट्टामा कन्सर्ट गर्ने तय भएको छ ।

ब्रेनसर्भिसका संस्थापक रिशम महर्जनका अनुसार अर्थर गनसहित स्थानीय ब्यान्डले पनि प्रस्तुति दिनेछन् । नेपाल पर्यटन बोर्डसँग मिलेर च्यारिटीसहित सद्भावना कन्सर्टको रुपमा अघि बढाउने तयारी समेत रहेको छ ।

नेपाल आएको बेला काठमाडौंस्थित उनको कलंकीमा रहेको घरमा भव्य स्वागतको तयारी भएको बताइएको छ । अमेरिकन आइडलको बेला उनलाई जिताउन नेपालमा समेत फ्यानहरुले समर्थन गरेका थिए ।