के ‘लू’मा देखिएलान् विपिन ?

Mero Film

नेपाली फिल्म क्षेत्रका सफल निर्देशक प्रदीप भट्टराइले ‘लू’ नामक फिल्म निर्देशन गर्ने पक्का भैसकेको छ । हाल, ‘महापुरुष’ नामक फिल्मको निर्देशन गरिरहेका उनले यसपछि साहित्यकार नयनराज पाण्डेको चर्चित उपन्यास ‘लू’माथि बन्ने फिल्मको निर्देशन गर्नेछन् । कारो फिल्मस्ले पुस्तकको सर्वाधिकार लिएर फिल्म बनाउन लागेको हो ।

कम्पनीकी प्रबन्ध निर्देशक निशा खरेलले पुस्तकलाई फिल्मी पर्दामा उतार्न खुबै मिहिनेत गरिरहेको बताएकी छिन् ।

फिल्मको पटकथा पुस्तकका लेखक पाण्डेले नै लेखेका हुन् । यसैविच, यो फिल्मका लागि नायक विपिन कार्कीसँग निर्माणपक्षले कुरा अगाडि बढाएको छ । तर, विपिनले फिल्म साइन गरिसकेका छैनन् । विपिनले वैशाखसम्म आफूलाई नयाँ फिल्मको अफर नगर्न आग्रह गरेका थिए ।

तर, विपिनका नजिकका निर्देशक प्रदीप भट्टराइको निर्देशन रहने भएकाले पनि उनले काम गर्ने संभावना बढी छ । इलैयाको पात्रका लागि सौगात मल्ल र विपिन कार्कीसँग कुरा अगाडि बढाइएको हो ।


Leave a Reply

Your email address will not be published.