बिहे कार्ड बाहिरियो, तर घोषणाको साइत कुर्दै नीता–हरिहर

Mero Film

नायिका नीता ढुंगाना र ज्योतिष तथा कलाकार हरिहर अधिकारी असारको २४ गते बैबाहिक जीवनमा बाँधिदैछन् । यी दुइको बिहे काठमाडौंको याक एन्ड यति होटलमा आयोजना हुँदैछ । बिहेका लागि तयारी धमाधम चलिरहेको छ ।

उनीहरुको बिहेका लागि तयार पारिएको बिहे कार्ड समेत बाहिरिएको छ । जहाँ, बिहान १० बजेबाट बिहे सुरु हुने बताइएको छ ।

नीता र हरिहरले केही बर्ष डेट गरेर बिहे गर्न लागेका हुन् । बिहेका लागि आफ्ना नजिकका फिल्मीकर्मीलाई निम्तो गरिएको छ । तर, मिडियालाई भने पूर्ण रुपमा बन्देज लगाउने तयारी यी दुइको छ ।

नीता र हरिहरले बिहे र प्रेमको घोषणा गर्न साइत कुरिरहेका छन् । वुझिएअनुसार उनीहरुले असार २० गते बिहेको घोषणा गर्नेछन् । तर, उनीहरुको बिहे कार्ड बाहिरिएको छ भने केही दिन अगाडि मात्र नीताको ब्याचलर पार्टीको समाचार मेरो फिल्मले सार्वजनिक गरेको थियो ।

नीता र हरिहरको मेहेन्दी सेरेमोनी भने असारको २२ गते हुनेछ । बिहेको पार्टी २५ वा २६ मध्ये कुन दिन दिने टुंगो लागेको छैन ।


Leave a Reply

Your email address will not be published.