थानेश्वर र शान्तीश्रीको स्वरमा ‘एउटा कथा’

गायक थानेश्वर गौतम र गायिका शान्तीश्री परियारको स्वरमा ‘एउटा कथा’ बोलको गीत सार्वजनिक भएको छ । डेढ वर्षअघि सार्वजनिक हिट गीत ‘छुट्नलाई पो रैछ क्यारे’को अध्याय २ को रुपमा यस सांगीतिक प्रेमकथा सार्वजनिक गरिएको हो ।

सार्वजनिक गीतको भिडियोमा भिनेता पुष्प खड्का, अभिनेत्री रुबिना थापा र मोडल सुधिर श्रेष्ठको अभिनय देख्न सकिन्छ । प्रभा बर्तौलाको शब्द, थानेश्वर गौतमको संगीत रहेको गीतलाई कमल सौरागले एरेन्ज गरेका छन् भने मिक्सिङ श्यामश्वेत रसाइलीले गरेका हुन् ।

रामजी लामिछानेको निर्देशनमा तयार भिडियो मर्मस्पर्शी लाग्छ । मानकृष्ण महर्जनको छायाँकन रहेको भिडियोलाई बन्दे प्रसादले सम्पादन गरेका हुन् । कृष्ण केसी प्रस्तुतकर्ता रहेको गीत ‘जननी नेपाल’ युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो । श्रोता दर्शकको प्रतिक्रियाले निर्माण टिम पनि उत्साहित छ ।