जब ‘वर एण्ड वधु’को अफर लिएर पुगेकी आँचललाई भूवनले ‘पारस’मा लगानी गर्न भने…

नायक अनमोल केसीले कुनै पनि फिल्ममा काम गर्ने वा नगर्ने भन्ने निर्णय उनका पिता भूवन केसीले पहिले लिन्छन् भनिन्छ । यसैले, अनमोललाई फिल्मको अफर गर्नु परेको खण्डमा निर्माताहरु पहिले भूवन केसीसम्म पुग्छन् ।

आफ्नो करिअरलाई बलियो बनाउनका लागि हिट फिल्मको खोजीमा रहेकी नायिका आँचल शर्मा पनि अनमोल केसीका लागि फिल्मको अफर गर्न पुगेकी थिइन् । अनमोलसँग उनले फिल्म ‘वर एण्ड वधु’मा काम गर्ने चाहना राखेकी थिइन् । यसका लागि उनले नायक भूवन केसीलाई भेटिन् ।

तर, भूवन केसीले उनलाई अनमोलले ‘वर एण्ड वधु’मा काम गर्ने बिषयमा गतिलो जवाफ दिएनन् । बरु, भूवनले आँचललाई द सुपर काजल फिल्मस्को ब्यानरमा भन्ने भनिएको ‘पारस’ नामक फिल्ममा लगानी गर्न भने । भूवन केसीको अफरले आँचलको मन भरिएन । किनकी, उनी अनमोलसँग काम गरेर हिट फिल्म बजारमा दिन चाहन्थिन् ।

आँचलको मुख्य भूमिका रहने यो फिल्मको छायांकन रोमानियाबाट केही दिनमा सुरु हुँदैछ । जसका लागि फिल्मका निर्देशक मिलन चाम्ससहितको टिम रोमानिया पुगिसकेको छ ।