रोकिएको ‘एक्स ९’ बन्ने, अनमोल–पुष्प काम गर्न तयार

मुकुन्द भट्टको निर्देशनमा बन्ने फिल्म ‘एक्स ९’को सबै चाँजोपाजो मिलेको भए, यो फिल्मको छायांकन यतिबेलासम्म सकिन्थ्यो । फ्रेबुअरी महिनामा नै फिल्मको छायांकन सुरु हुनुपर्ने हो । तर, विविध कारणले फिल्मको छायांकन रोकियो । फिल्म नै बन्ने कि नबन्ने भन्ने अवस्थामा पुगेको थियो ।

तर, फेरि अब यो फिल्मको छायांकन हुने भएको छ । यसका लागि नायक पुष्प खड्काले आफ्नो पासपोर्ट निर्माता तथा निर्देशक भट्टलाई वुझाइसकेका छन् । नायक अनमोल केसी पनि फिल्मका लागि तयार भएको वुझिएको छ ।

अनमोलले फिल्मको छायांकन गर्ने संकेत गरेका छन् । मुकुन्दले फिल्मको काम यूरोपका विभिन्न देशमा गर्ने बताएका छन् ।

फिल्मका लागि कलाकारहरु फेरि तयारी अवस्थामा रहेको वुझिएको छ । यो पटक भने मुकुन्द फिल्मको काम जसरी पनि गर्ने मनस्थितीका साथ अगाडि बढेका छन् ।