धमाधम छायांकन हुर्दै वेभ सिरिज ‘आरती’, मैथिली र भोजपुरीमा समेत डबिङ हुने

नेपाली वेभ सिरिज ‘आरती’ को छायांकन रौतहटमा हुँदै छ। रेज इन्टरटेन्मेन्टको ब्यानरमा बन्दै गरेको उक्त सिरिज आशिष कुमार दासको निर्माणमा रोशन दासको कथा तथा निर्देशन रहेको छ ।
वेभ सिरिजमा नितेश घतानको छाँयाकन रहनुका साथै हिक्मत शर्माको स्कृनप्ले रहेको छ। यस सिरिजमा नेपालमा निर्माण भैरहेका फिल्म र सिरिजभन्दा केही फरक कथा र परिवेस समेटिएको निर्देशक दासले बताए।
उनले भने, ‘यो सिरिजको कथा सामाजको ऐना हो’। विशेषत यसमा समेटिएको दृश्य र कथाहरु तराईमा बसोवास गर्ने आम मानिसको जीवनसँग मेल खाने भएकाले उत्साहपूर्वक सफलता पाउनेमा आफू आशावादी रहेको निर्देशक दास बताउँछन्।
सिरिजमा नयाँ तथा पुराना कलाकारहरुको अभिनय रहेको छ। कलाकारहरुमा राज पौडेल, गीता श्री, नूतन, मनिशा गिरी, हरि कंडेल, खेमराज कोइराला, सपना शर्मा, शिव कुर्मी, कृष्ण खडका, बिक्कि शाहा, जय मङगल पासवान, दिप नारायण शर्मा, अनमोल दास लगायतका कलाकारको अभिनय रहेको छ।
निर्देशक दासलाई खेमराज कोइरालाले सह-निर्देशनको सहयो गरिरहेका छन्। यसमा रुपा मानन्धरको मेकअप रहेको छ। यो वेभ सिरिज मैथिली र भोजपुरीमा समेत डबिङ गरी अन्तराष्ट्रिय बजारमा वितरण गरिने बताइएको छ ।

प्रधानमन्त्री प्रचण्डलाई टोपी प्रदान गर्दै १० औं अन्तर्राष्ट्रिय नेपाली टोपी दिवस …

‘पोखरा सडक महोत्सव’मा जे देखियो (फोटो फिचर)

‘पोखरा सडक महोत्सव’ सुरु, झाँकीमा रमाए पर्यटक (फोटोफिचर)

भ्याली ग्रुप तयारी खाध्यमा आक्रामक बन्दै, भ्याली एक्सप्रेसको सातौ चेन पुल्चोकमा
_1cvatjg8wlxifhsqzds4hvhbjqfqrt96kjgchocprhvtu6wc3ex6v81wc5ph.png)
परिवारको आग्रहमा यो समाचार हटाइएको छ ।

प्रतिक्रिया