कलाकार महंगिदा फिल्मको निर्माण लागत फेरि बढ्यो

केही दिनयता फेरि नेपाली फिल्मका कलाकारको पारिश्रमिकको चर्चा हुन थालेको छ । कोरोनाको पहिलो चरण सकिएलगतै फिल्मको काम सुरु हुँदा, धेरै कलाकारले पारिश्रमिकमा संझौता गर्ने बताएका थिए । तर, नेपाली फिल्म फेरि आफ्नै लयमा हिड्न थालेपछि कलाकारहरु पनि महंगिन थालेका छन् । जसकाकारण, फिल्मको लागत पनि बढ्ने देखिएको छ ।

नायक अनमोल केसीदेखि विपिन कार्की, धिरज मगर लगायतका कलाकारको महंगो पारिश्रमिकले निर्माताको लागत बढ्ने त निश्चित छ । त्यसमा पनि कलाकारले पारिश्रमिक बढाउन थालेपछि प्राविधिकहरुले पनि पारिश्रमिक बढाउने निश्चित छ । केही दिन अगाडि मेरो फिल्मसँग गफिएका केही प्राविधिक र उपकरण हाउसका संचालकहरुले कलाकारको पारिश्रमिक बढेपछि आफूहरुले पनि पारिश्रमिक बढाउने बताएका थिए ।

अनमोल केसीले ५० लाख भन्दा बढी पारिश्रमिक लिने गरेका छन् । विपिन कार्कीले पनि महंगो पारिश्रमिक माग्ने गरेको वुझिएको छ । नायक धिरज मगरले पनि एक फिल्मका लागि महंगो पारिश्रमिक डिमाण्ड गरेको वुझिएको छ ।

यसरी, नायकहरु महंगो हुँदा फिल्ममा काम गर्ने अन्य फिल्मीकर्मीले पनि पारिश्रमिक बढाउने तयारी गरेका छन् । जसकाकारण, निर्माताको लगानी अब बढ्ने पक्का छ ।