‘जेरी २’ र अनमोलको बारे के भन्छिन् निती ?

मोडल निती शाह चाडै नै फिल्ममा देखिने तयारीमा छन् । यसका लागि नितीले केही फिल्मको कथा पढिरहेका उनको म्यानेजर निराजन गिरीले जानकारी दिए ।
निती पनि आफू फिल्ममा आउनका लागि उत्साहित रहेको बताउँछिन् । बिहिबार बौद्धमा संचालनमा आएको रेड मड कफीको नयाँ शाखाको उद्घाटन गर्दै नितीले आफू फिल्ममा आउनका लागि तयारी गरिरहेको बताइन् । उनले भनिन्–‘दर्शकको अपेक्षालाई कमजोर बन्न दिनु हुँदैन । यसैले, काम गर्ने भनेर हाम फालिहाल्न पनि भएन । म तयारी गर्दैछु ।’
उनले, आफूलाई ‘जेरी २’ फिल्मबाट अफर नआएको पनि बताइन् । तर, अफर आएको खण्डमा यो फिल्ममा काम गर्न आफू तयार रहेको नितीको भनाई छ ।
नितीले नायक अनमोल केसीको बानी व्यहोरा आफूलाई मनपर्ने बताइन् । भनिन्–‘अनमोल केसी र म एउटै स्कुलमा पढेका हौं । यसैले, उनलाई म राम्रोसँग चिन्छु । उनको नरम बानी मलाई मनपर्छ । साथै, उनले आफ्नो लागि छुट्टै स्पेश समेत बनाएका छन् ।’
केही समय अगाडि नितीले अनमोलसँग फिल्म खेल्नका लागि नायक तथा निर्माता भूवन केसीलाई फोन गरेको खबर सार्वजनिक भएको थियो ।

यस्तो छ आँचल अभिनित 'हिटम्यान'को पोस्टर र टिजर

दयाहाङ्ग र रिस्मा फेरि एकसाथ ‘रिमै’मा देखिदै
फिल्म 'जम्प' को ‘फेरि फर्किन्छ’ गीत सार्वजनिक

‘एडल्ट’को नाममा ‘एनिमल’माथि धेरै उदार बनेको सेन्सर बोर्ड

बिदेश यात्राबाट फर्किएपछि मात्र नयाँ फिल्ममा काम गर्छुः स्वस्तिमा खड्का

एक बर्षदेखि पुष्पले किन साइन गरिरहेका छैनन् फिल्म ?

‘चित्रा’ निर्देशक लामिछाने भन्छन्–हामीले अरुको कथा हेर्यौं, आफ्नो भन्न सकेनौं’

प्रतिक्रिया