मायाज ब्युटि पार्लर एण्ड ट्रेनिङ सेन्टरद्वारा प्रमाण पत्र वितरण

महिलाको लागि पछिल्लो समय सौन्दर्य कला जान्नु र सुन्दर बन्नु अत्यावश्यक बनेको छ । यस्तै शनिबार ‘मायाज ब्यूटी पार्लर एन्ड ट्रेनिङ सेन्टर’ आफ्ना प्रशिक्षार्थीहरुलाई प्रमाण पत्र वितरण गरेको छ ।

मायाज ब्यूटी पार्लर एन्ड ट्रेनिङ सेन्टरले काठमाडौंको नाचघरमा एक कार्येक्रमको आयोजना गरि आफ्ना प्रशिक्षार्थीहरुलाई प्रमाण पत्र वितरण गरिएको हो ।

मायाजले देश भर विभिन्न समयमा चलाएको ट्रेनिङमा सहभागी २०० जना प्रशिक्षार्थीहरुलाई एक साथ प्रमाण पत्र वितरण गरेको थियो ।

विगत दुई दशक अगाडिदेखि सञ्चालन हुदै आएको मायाज ब्यूटी पार्लर एन्ड ट्रेनिङ सेन्टर सौन्दर्य व्यवसायमा राम्रो काम गरेर दक्ष हासिल गरेका विभिन्न जिल्लाका प्रशिक्षार्थीहरुलाई कोर्स सकेकालाई प्रमाण पत्र प्रदान गरेको सञ्चालक गीता गिरीले जानकारी दिइन् ।

जसमा मकेअप, हेयर, नेल आर्ट, ब्राइडल लगाएतका धेरै विधामा बेसि देखि एडभान्स सम्मका कोर्स गरेका प्रशिक्षार्थीहरु सहभागी भएका थिए । जसमध्ये ब्राइडल कोर्स गर्नेहरुले ब्राइडल फेसन शो समेत गरेका थिए । यस्तै ब्राइडल मेकप गर्ने १० जनालाई सम्मान प्रदान गरेको थियो ।

सौन्दर्य व्यवसाय गर्दे आएकी गीता गिरीले यो पार्लर संचालनमा ल्याएकी हुन् । मायाज ब्यूटी पार्लर एन्ड ट्रेनिङ सेन्टरले हाल महिलाहरुका लागि सौन्दर्य सुविधा उपलब्ध गराउादै आएको छ ।

तस्बिर: प्रकाश भुषाल /मेरो फिल्म डटकम