बिहे गर्ने उमेर घर्किएकको नन्दितालाई पनि थाहा छ

एक कार्यक्रमको सिलसिलामा केही बर्ष अगाडि अमेरिका पुगेर उतै बसेकी नायिका नन्दिता केसी आजको पुस्ताका लागि पुरानो भैसकिन् । उनलाई आजको पुस्ताका दर्शकले सायद चिन्न पनि छाडे होलान् । तर, बेलाबखत नेपाल आएको समयमा मिडियामा अन्र्तवार्ता दिने भएकाले पनि नन्दितालाई उनको समयका दर्शकले भने संझिरहेका छन् ।

नन्दिता नेपालमा हुँदा नै उनको बिहेको प्रश्न खुबै आउने गर्दथ्यो । झन, अब त अमेरिकामा पुगेर उतै बसोबास गरेकी नन्दितालाई बिहेको प्रश्न नआउने कुरै भएन । शनिबार आयोजना भएको नायक हरिहर अधिकारी र नायिका नीता ढुंगानाको बिहे समारोहमा पुगेकी नन्दितालाई बिहेको प्रश्न आउने नै भयो ।

जसमा, नन्दिताले समय नआएसम्म बिहे चाहेर नहुने रहेछ भनेर जवाफ दिएकी छिन् । साथै, उनले आफ्नो बिहेको उमेर घर्किएको बारेमा थाहा भएको पनि तर्क गरिन् । नन्दिताले आफूलाई सम्बन्धमा विश्वास गर्ने यूवकको खोजी भएको बताइन् । तर, बिहे आफूले चाहेर नहुने तर्क गर्दै नन्दिताले यो बिषयमा सोच्न छाडेको बताएकी छिन् ।