नीता–हरिहरको बिहेमा पनि भुवनले गरे अनमोलको प्रमोशन

नायक भुवन केसी आफ्नो चलचित्र रिलिजको समयमा प्रमोशनका लागि कुनै स्थान छाड्दैनन् । तर, चलचित्र नभएको समयमा उनी आफ्ना छोरा नायक अनमोल केसीको प्रमोशन गर्न कुनै कसर बाँकी राख्दैनन् ।

उनै, केसीले शनिबार आयोजना भएको नायक हरिहर अधिकारी र नायिका नीता ढुंगानाको बिहे भोजमा पनि अनमोलको प्रमोशन गर्न छाडेनन् । नीता र हरिहरलाई बिहेको टिप्स दिने क्रममा भुवनले भने–‘अब, अनमोल केसी जस्तै छोरा जन्माएर फिल्म क्षेत्रमा ल्याउनुपर्छ ।’

भुवनले घुमाउरो तरिकाले अनमोल केसी जस्तो अरु कोही नभएको भन्न भ्याए । नीता र हरिहरले भने भुवनको यो कुरालाई हाँसेरै टारिदिए ।