सुपरस्टारले धानिन त फिल्म ? कता हरायो स्टारडम !

शुक्रबारबाट फिल्म ‘संझना विर्सना’ रिलिज भएको छ । लभ स्टोरी कथामा तयार भएको यो फिल्म निमेष प्रधानले निर्देशन गरेका हुन् । यस फिल्ममा नायिका पूजा शर्मा, नायक आकाश श्रेष्ठ र कलाकार छुल्ठिम गुरुङ मुख्य भूमिका छन् ।

पूजा शर्मा अभिनित ‘सम्झना बिर्सना’ सयभन्दा बढी हलमा लाग्को थियो। फिल्मको अग्रिम बुकिङ पनि राखिएको थियो । तर, फिल्म रिलिज हुदै गर्दा सुपरस्टार नायिकाको ट्याग पाएकी अभिनेत्री पूजाको खासै दम्भ भने देख्न सकिएन ।

पूजाका यस अघि रिलिज भएका फिल्म हेर्ने हो भने फिल्म चलाउन धरै तिक्डम गरेको पाइन्छ, तर शुक्रबार रिलिज भएको फिल्मले सो पाइएकोसँगै दर्शकले पूजालाई हेर्न नगएको पनि पाइयो । यस बेला कता हरायो उनको स्टारडम ।

यस अघि पूजाको फिल्म ‘म यस्तो गीत गाउँछु २’ हेर्न हलमा दर्शकको राम्रै भिड जम्मा भएको देखिन्थियो । पूजाले फिल्म चलाउन पर्पुक्षका लागि थुनामा रहेका पल शाहको टिसर्ट प्रिन्ट गराएर पल विना फिल्म नै नबनाउने घोषणादेखि शब्दैपिच्छे रुवावासी समेत गरेकी थिइन् । आफूले कुनै पनि फिल्म चलाउनका लागि हरदम प्रयास गर्ने बताएकी पूजाले निर्माता रुवाएर आफू हाँस्न नसक्ने र मेरो निर्माता रुनु हुँदैन बताउथिइन् ।

‘म यस्तो गीत गाउँछु २’ हेर्ने दर्शकको राम्रै भिड देखेर होला फिल्म भित्र सानो भूमिकामा देखिएका दिनेश डिसी भावुक भए र पूजा नेपाली फिल्मको नम्बर वन नायिका भएको घोषणासहित लामो स्ट्यास लेखेका थिए, त्यसको जवाफमा पूजाले पनि यो उपाधिका लागि आफू लायक भइनसकेको जवाफ दिइनन्, बरु सहर्ष धन्यवाद भन्दै थिइन् ।

यस्तैमा फिल्म ‘म यस्तो गीत गाउँछु २’को शोका लागि उनी अष्ट्रेलिया जानु अघि फिल्म ‘संझना विर्सना’को प्रचार तथा दर्शक भेटघाटका लागि पूजा हिजो अष्टनारायण र सिभिल मलमा पुगेकी थिइन् । त्यस पछि सामाजिक संजालमा पूजाको एउटा भिडियो भाइरल भैरहेको थियो । अष्टनारायण हलमा पूजाले ‘यो एउटा मात्र कलाकारको फिल्म हो’ भन्दै रिसाएको भिडियो टिकटकमा भाइरल भएको हो । प्रचार गर्दे गर्दा एकले अर्को कलाकारलाई कमजोर बनाउन लागिपरेको देखियो। दर्शकमै स्पष्ट विभाजन देखेपछि पूजा रिसाएकी हुन् । यसरी आक्रोश पोख्नु बेला झन् कता हरायो पूजाको स्टारडम उनलाई हाम्रो प्रश्न ?।

फिल्म चलाउनलाई पूजाले राम्रै जोर लगाएकी थिइन् तर दुई दिन पनि दर्शक हलमा बोलाउन कहि कतै नसकेकी देखिन्न पूजा बरु रिलिज भएको तीन दिन नबित्दै फिल्म लगभग हलबाट उत्रने अवस्थामा पुगेको देखियो । फिल्मको प्रचार गर्न कुनै पनि कसर बाँकी राख्दिनँ भन्ने पूजा कही कतै अन्तर्वार्ता दिएर स्टार भएको महसुस गर्नु फरक कुरा हो । त्यसो गर्दा गर्दै पनि फिल्म चलेन भने अर्को कुरा गर्ने हो पूजाले अब यि कुराको जबाफ त पक्कैपनि उनले कहि दिन्नन भन्नेमा विस्वस्त रहदाँ नै भैगो होइनर ! किनकि स्टारको कम्तीमा पनि दुई दिन हलमा देखिन्छ ।

फिल्म मल्टिप्लेक्सबाट सो घटेर एक सोमा झरेको छ । सिंगल थिएटरहरुमा पनि फिल्मको व्यापार निराशाजनक रहेको वितरक बताउँछन् । तर दर्शकले न पूजालाई पत्याएको देखियो न फिल्मलाई । ल हौ अब नम्बर वन नायिकाको फिल्मको त यो हविगत भयो भने बाँकीको के भन्ने होला भन्ने प्रश्न सुरु भयो ?