नेपाली फिल्ममा मुर्गा चोकको ‘कथा’

तपाईको ज्यान र लुक्स हेर्दा निकै राम्रो छ । फिल्म तिर कोशिस गर्नूभएको छैन । तपाईले अलि अलि मेहनत गर्नुभयो भने तपाई हिट हुने सम्भावना राम्रो छ । यो फिल्डमा नाम पनि छ दाम पनि छ । अझ तपाईको नाम हिट भएपछि त यूरोप अमेरीका भिसा हान्ने अनी बाँकी जीवन उतै सुखमय तरिकाले बिताउने भए ढिला हुन्छ अब यहाँबाट शुरु गरौं ।

यी सम्बादहरु कुनै कार्यशाला गोष्ठिका वा कुनै फिल्मको लागि छलफलका हैनन । यी र यस्तै गतिविधि त अहिले मुर्गा चोकका चिया पसलमा हुने गर्दछन् । मुर्गा चोक भनेर अहिले काठमाडौंको अनामनगर क्षेत्रको नाम चिरपरिचित बन्दै गएको छ । पहिला काठमाडौको बागबजारलाई नयाँलाई मुर्गा बनाउने स्थलको रुपमा परिचित थियो । जहाँ धेरै ब्यक्ति ठगिएका उदाहरण प्रशस्त छन् । अहिले त्यो रोग र त्यस्ता गतिविधि काठमाडौंको अनामनगर क्षेत्रमा सरेको छ ।

मोडलिङको नाममा होस् या निर्माताको नाममा किन नै किन नहोस् यो फिल्डमा केही गरौं भनी आउने नवप्रवेशीहरु दिनँहु यसरी ठगिने क्रम बढदो छ । चाहे म्यूजिक भिडियोको नाममा होस । चाहे सट फिल्म होस् या फिर्चड फिल्म यस क्षेत्रमा दिनँहुु ठगिनेको संख्या उल्लेखनिय रहेको छ । कतिपय केशहरु त प्रहरी प्रशासन समक्ष पनि पुग्ने गरेको छ । नेपाली सांगितिक क्षेत्र होस या नेपाली फिल्म क्षेत्र यी र यस्ता गतिविधिका कारण बदनाम समेत हुदै आएको छ । यस्ता गतिबिधिका कारण यस क्षेत्रमा ईमान्दारीपूर्वक कर्म गर्ने मेहनत गर्नेलाई काम गर्दा असहज समेत हुने गरेको छ ।

अहिले सामाजिक संजाल बिशेष गरी चाईनिज एप टिकटकका कारण धेरैजनामा आफू सेलिबेटी बन्न सक्छु भन्ने भाईरल आतंक फैलिएको छ । यसका लागी धेरैले आफ्नो पैसा लगानी गरेर भएपनि खेतबारी वा गरगहना बेचेर भएपनि म्यूजिक भिडियो बनाउने । आफै मोडलिड.गर्ने रुची बढदै गएको जमात धेरै छ । अझ सके ५-७ लाख हालेर फिल्म नै खेल्नेको लाईन पनि लामै छ । यस्तैलाई सकभर प्रलोभनमा पारेर प्रोत्साहन गर्न अहिले मुर्गाचोकमा गल्ली गल्लीमा पासो थापिएको छ ।

त्यस्ता पासोमा नवप्रवेशीहरु पस्ने समेत गरेका छन् । पासो थाप्ने समुह अहिले यतिसम्म सक्रिय छ । टिकटकमा पछिल्लो समय कोको हिट छन् । कसलाई मोडलिङको भुत चढेको छ । त्यस्ता ब्यतिmको पहिचान गरी उनीहरुलाई पलो गर्ने, सम्बाद गर्ने र निकै राम्रो अफर गर्ने गरेको स्वंयम टिकटक धारीले बताउदै आएका छन् ।

केही हप्ताअघि मगर थर भएकी एकजना यूजरले टिकटक लाईभ गर्दै भनिन । कोरोनाको समयमा मलाई एकजना चलेका मोडलले तिम्रो अनुहार फोटोजेनिक छ । हामी नयाँ फिल्म बनाउदैछौं । तिमिलाई टिकटकमा हेरेर हाम्रो टिमले तिमीलाई यही फिल्मबाट डेब्यू गराउने कुरा भएको छ ।

फिल्मको स्कृप्ट एकदम राम्रो छ । त्यसको लागि तिमीले ४-५ लाख लगानी गरेमा तिमी नायिका पनि बन्ने अनि निर्माता बनेर पैसा पनि कमाउने अफर गरेको त्यसमा आफू राजी भएर ५० हजार पेश्की समेत दिएको भनिन् । त्यसपछि त्यो मोडल र टिम आफ्नो नियमित सम्पर्क रहेपनि उनीहरुले सबै पैसा जम्मा गर्न दबाब दिएको आफूले फिल्मको छायांकन शुरुभएपछि बाँकी पैसा दिने नभए प्रशासनमा उजुरी गर्ने भनेपछि त्यो मोडलले फिल्मको स्कृप्टलाई अझ उत्कृष्ट बनाउनको लागि अलि समय लाग्ने भयो ।

त्योभन्दा पहिला एउटा राम्रो स्टोरी भएको म्यूजिक भिडियो बनाऔं । तिमिलाई क्यामेरा फेस गर्न सजिलो पनि हुने त्यसको लागी अरु एकलाख रकम दिन भनेपछि आफूलाई यो प्रस्ताब ठिक नलागेको आफू ठगिएको भन्दै उजुरी गर्ने तयारीमा रहेको बताईन् । यो त एउटा उदाहरण मात्र हो । यस्ता धेरै मानिसहरु ठगिने गरेका उदाहरण प्रशस्त छन् ।

अहिले म्यूजिक भिडियो मात्र नभई फिल्मको नामबाट पनि धेरै जना ठगिएका समाचार प्राय प्रकाशनमा आउने गरेका छन् । यो रोग शहर मात्र केन्द्रित नभई गाउँ गाँउमा समेत पुगेको छ । अहिले चाईनिज एप टिकटकका कारण सबैलाई हिरो हिरोइन बन्न तिब्र ईच्छा आकांक्षा बढेको छ ।

यसको फाईदा उठाउन केही समुह तारे होटलमा फिल्म घोषणा गदै आफूलाई फिल्मको ठुलै निर्देशक-निर्माताको परिचय दिदै केही चल्न लागेका प्रोडक्शन हाउसको नामबाट पैसा लिने ठगी धन्दा गर्ने गरेको समेत समाचार प्रकाशनमा आएका छन् । यतिसम्म कि नव प्रवेशीलाई नेपाल चलचित्र कलाकार संघको नक्कली कार्ड समेत बनाएर ठगिने गरेका घटना बाहिर आएका छन् । नेपाली फिल्मको लागी यो ज्यादै दुखदायी कुरा हो । यस्ता गतिविधिलाई निरुत्साही गर्न जरुरी छ ।

यस्ता गतिबिधि रोक्न न सरकारले पहल गरेको छ । नत फिल्मका नामसँग सम्बन्धित च्याउ झै उम्रेका समिति र तिनका पदाधिकारीले यी गतिबिधि रोक्न केही पहल गर्ने गरेका छन् । यस्ता गतिबिधिलाई समय मै रोक्न नसकेकमा यो क्षेत्र नै धरापमा पर्ने निश्चित छ ।

आमनागरीकले हेर्ने दृष्टिकोणमा नै नकारात्मक छाप पर्ने भएकाले यसको निगरानीसँगै यस्ता गतिबिधिलाई निरुत्साही पार्ने कार्यमा सबै लाग्न जरुरी देखिन्छ । नभए स्थिती गम्भिर हुने यसक्षेत्रका भुक्तभोगीहरुले बताउदै आएका छन् । नव प्रवेशीले पनि यसबारे राम्ररी अध्ययन अनुसन्धान गरी आफ्नो पाईला चाल्न जरुरी छ । ताकि यसकिसिमका मुर्गाचोकहरु धेरै फस्टाउन नपाउन । सबैजना सजक बनौं ।

चक्र बहादुर चन्द कार्यकारी निर्माता एवं सामाजिक अभियन्ता