विजु र सुनिशाको ‘जिन्दगीमा’ सार्वजनिक

गायक नितिन गजुरेलको स्वरमा ‘जिन्दगीमा’ बोलको गीतको भिडियो सार्वजनिक भएको छ । रोमान्टिक शैलीमा तयार पारिएको गीतमा नितिनलाई गायिका अस्मिता अधिकारीले स्वरमा साथ दिएकी छन् ।

मुनाल शिशिर कोइरालको शब्द तथा राजेश थापाको संगीत रहेको गीतको भिडियोमा भने बलात्कार बिरुद्धको सन्देश समेटिएको छ । भिडियोमा विजु पार्की र सुनिशा बजाजको मुख्य अभिनय छ ।

भिडियोले कथा मार्फत सबैले बलात्कृत महिलालाई हेर्ने आफ्नो सोच बदल्न सक्यो भने समाज आफै बदलिन्छ भनेर बुझाउन खोजेको छ । सफल मोसन पिक्सचरले निर्माण गरेको भिडियोमा उत्सव दाहालको छायांकन, विष्णु खड्काको सम्पादन छ । भिडियोलाई मुनाल शिशिर कोइरालाले निर्देशन गरेका हुन् ।