‘काली तरेर’ जनयुद्धको चपेटामा परेका माया गर्नेको भोगाइ

आम मानिसको जिन्दगीमा आफ्नो छुट्टै खालको भोगाइ हुन्छ, सबैले समयको चक्र अनुसार जिन्दगिको घाम-छायामा परिरहेका हुन्छन् । यस्तै एउटा काहालि लाग्दो समय थियो जनयुद्ध ।

जनयुद्ध पार गरेर अहिले नेपाल धेरै अघि बढि सकेको छ, त्यस्का फाइदा बेफाइदा क्षति प्रगतिको बारेमा सबैको आआफ्नै बिचार धारणा रहेकाछन्, तर जनयुद्ध जस्तै संकटकको बेलामा पनि परिवार साथिभाइ आफन्त बिच माया भने रही रहन्छ, एक युवा र युवती बिच अरुसँग लुकाइ एकअर्का बिच मायाफक्रिइ रहेको हुन्छ ।

जनयुद्धले सच्चा माया गर्ने त्यस्ता हजारौं जोडिको प्रेमलाई पनि धेरै असर गरेको थियो ? त्यहि जनयुद्धको चपेटामा परेका माया गर्ने हजारौ जोडि मध्य एक जोडिको प्रेम कहानी प्रस्तुत गरिएको भिडियो सार्वजनिक भएको छ ।

जस्मा मायाकै भर परि बसिरहदा बाध्यता बस जनयुद्धमा होमिएकाहरुको अवस्था र उता जागिर बाट मुस्किलले समय मिलाएर फेरि माया भेटन आएको अवस्था देखाइएको छ ।

महेन्द्र राज बराल र शान्ती श्री परियारको स्वर रहेको नयाँ गीत ‘काली तरेर’ गीतको भिडियोमा  यस्तै भोगाइ रहेको हिजोको जनयुद्धको भोगाइलाई काल्पनिक ढंगले प्रस्तुत गरिएको छ ।

सार्वजनिक भएको उक्त गीतमा शब्द तथा संगीत भने रविन्द्र लामिछानेको रहेको छ।

भिडियोमा अल्का र महेशले आफुलाई दुई प्रेमीको अवतारमा प्रस्तुत गरेका छन्। सो गीत महेन्द्र राज बराल नामक युटुब च्यानलबाट सार्वजनिक गरिएको छ।