अनु चौधरीको तीज गीत ‘तीजको रमझमी’ सार्वजनिक

नेपाली नारीहरूको महान चाड हरितालिका तीज तीज आउन महिना दिन अझैं बाँकी रहदा तीजको मौलिकता झल्काउने तीज सम्बन्धि गीतहरू सार्वजनिक हुने क्रम बढेको छ ।

यस्तैमा गायिका अनु चौधरीको स्वर रहेको तीज गीत ‘तीजको रमझमी’ सार्वजनिक भएको छ । डीपी खनालको शब्द रहेको गीतमा तारा प्रकाश लिम्बुको संगीत छ ।

गीतको भिडियोमा आशु न्यौपानेले अभिनय गरेकी छन्। शान थापाको निर्देशन र राजीव समरको कोरियोग्राफी रहेको गीतलाई अर्जुन तिवारीले खिचेका छन् भने सुप्रिम पराजुलीले यसको सम्पादन गरेका छन्।