आकाशसँगको प्रेमबारे करुणाः न हो भन्न सक्ने, न त होइन नै

केही कलाकारहरु प्रेम सम्बन्धलाई गोप्य रुपमा राख्न चाहन्छन् । केही कलाकार भने प्रेमलाई सार्वजनिक गर्न धक मान्दैनन् । विगत केही महिनादेखि नायक आकाश श्रेष्ठ र नायिका करुणा श्रेष्ठको प्रेम सम्बन्ध चर्चामा छ । यी दुइले सार्वजनिक रुपमा नै प्रेम स्विकार गरेका छैनन् । तर, प्रेमको चर्चा भने आम दर्शकसम्म राम्रैसँग फैलिएको छ ।

बिहिबार आयोजित एक कार्यक्रममा करुणाले आकाशसँगको प्रेम अस्विकार गर्न सकिनन् । तर, उनले खुलेरै स्विकार पनि गरिनन् । करुणाले भनिन्–‘पहिलो कुरा त म व्यक्तिगत कुरालाई गोप्य राख्न नै चाहन्छु । दोश्रो कुरा म समाचारमा आएका सबै कुरा सत्य मान्नुपर्छ भन्ने पनि ठान्दिनँ ।’

उसो भए के आकाशसँग प्रेम छैन त ? यो बिषयमा पनि करुणाले स्पष्ट जवाफ दिइनन् । बरु, उनले कुरा गज्जबैले घुमाइन् ।

करुणाले न त आकाशसँगको प्रेम स्विकार गरिन् न त अस्विकार । गायक शिव परियारले प्रेम हो भने सार्वजनिक गर्दा फरक नपर्ने बताए । तर, करुणाले उनको कुरालाई जबरजस्ती हुन्छ र भन्दै टार्न खोजिन् ।