अस्मिता जुरेलीको तीज गीत: ‘यसपालीको तीजमा हामी विशेष मनाउने’

अस्मिता जुरेलीको तीज गीत ‘यसपालीको तीजमा हामी विशेष मनाउने’को भिडियो सार्वजनिक भएको छ ।

ओम सुनारको संगीत तथा सुशिल शर्माको शब्द रचना रहेको गीतमा अस्मिता आफैले स्वर भरेकी छन् । अस्मिता जुरेलीको अफिसियल युट्युबबाट सार्वजनिक गरिएकको भिडियोलाई उनी स्वयंमले निर्देशन गरेकी हुन् । यस तीज गीतलाई संगीतकार सुनारले मौलिक तिज गीत भन्दा फरक शैलीको एरेन्जमेन्टलाई फ्युजन गरेर तयार पारेका छन्।

गीतको भिडियो उनीसँगै जयकिशन बस्नेत, समिक्षा बिसी, सुष्मा दाहाल, इस्थार सुनाम, अनु पराजुली, भगवती खड्का ,सविता राई, रेखा राई, मनिषा लकान्तरी र शिव बिकको अभिनय रहेको छ ।

शिव बिकको कोरियोग्राफी रहेको गीतमा अर्जुन तिवारीको छायांकन, मिलन विश्कर्माको कलर तथा सम्पादन गरेको भिडियोका पोस्टको काम ड्रयागन पिक्चर्सले गरेको हो ।