गायिका सुनिताको तीज गीतमा ‘केटाहरु ब्रत बस्छन्’

गायिका सुनिता कार्कीको स्वरमा तीज गीत ‘सुन न संगी हो’ भिडियो सार्वजनिक गरिएको छ।

अशोक गुरुङको शब्द रचना तथा सुवास भुसालको संगीत रहेको गीता ओ एस आर डिजिटलको अफिसियल यु ट्युब च्यानल मार्फत सार्वजनिक गरिएको हो।

रामजी लामिछानेको निर्देशन तथा कोरियोग्राफीमा बनेको भिडियोमा मान कृष्ण महर्जनले छायाँकन गरेका छन् । भिडियोमा समारिका ढकाल फिचर्ड छिन्।

सार्वजनिक गीतमा ‘हामीलाई पाँउन केटाहरु ब्रत बस्छन् अब त’ भन्दै भिडियोमा समारिका ढकाल जोड तोडले नाचेको देख्न सकिन्छ । उनलाई गायिका कार्कीले बिच बिचमा सहयोग गरेकी छन् ।

बन्दे प्रसादले सम्पादन गरेको भिडियो उत्कृस्ट बनेको छ। यसपालिको तीजमा हिन्दु नारीहरुले यो गीतमा राम्रै मनोरंजन गर्ने निर्माण पक्षको आशा रहेको छ।