यसपालिको तीजलाई अर्को नयाँ तीज गीत ‘नाचौं सँगी’

तीज गीत ‘नाचौं सँगी’ भिडियो सार्वजनिक भएको छ ।

गायिका तारा थापा र गायक बिबेक रकको स्वरमा ‘नाचौं सँगी’ भिडियो सार्वजनिक गरिएको हो। गीतमा  किरण के उप्रेतीको शब्द रचना तथा चाँद सिंहको संगीत रहेको छ।

गम्भीर बिस्टको निर्देशनमा बनेको भिडियोमा समारिका ढकाल, स्मारिका ढकाल र गम्भीर बिस्ट फिचर्ड छन्।

पवन सुस्लिङ्गले छायाँकन नबिन निरौलाले सम्पादन गरेको भिडियो उत्कृस्ट बनेको छ। यसपालिको तीजमा हिन्दु नारीहरुले यो गीतमा राम्रै मनोरंजन गर्ने निर्माण पक्षको आशा रहेको छ।

गीत मेलोडी नेपालको अफिसियल युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको छ।