राजेश पायल राईको गीतमा साली भेना बने अन्जली र सुधिर

गायक राजेश पायल राई र गायिका सुरेखा क्षेत्रीको स्वरमा रहेको गीत ‘दाईकी कान्छी साली’को भिडियो सार्वजनिक भएको छ । नेपमेलो अष्ट्रेलियाको प्रस्तुतीमा बनेको यस गीतमा सन्तोष पोखरेलको शब्द तथा करण राज कार्कीको संगीत रहेको छ ।

भिडियोमा भिनाजुको भाई र दाईकी कान्छी सालीको भूमिकामा सुधिर श्रेष्ठ र अन्जली अधिकारीले अभिनय गरेका छन् । गम्भिर बिष्टको निर्देशनमा बनेको नृत्यमा आधारित भिडियोमा गाउँले जीवनलाई चित्रण गरिएको छ । यस गीतको भिडियोमा सुबोल थापाको कोरियोग्राफर रहेको छ ।

भिडियोलाई पवन सुस्लिंगले छायांकन गरेका हुन् भने नबिन निरौलाले सम्पादन एवं कलर ग्रेडिंग गरेका छन् ।