प्रकाश सपुतलाई साहरुखको स्टाइल कपी गरेको आरोप

गायकबाट नायक बन्ने दौडमा रहेका प्रकाश सपुतले अभिनय गरेको पहिलो फिल्म ‘परदेशी २’को ‘के बर मागी फर्क्यौ’ बोलको गीत आज सार्वजनिक भयो । यो गीतमा केकी अधिकारी र प्रकाश सपुतलाई फिचरिङ गरिएको छ । तर, यो गीत सार्वजनिक भएसँगै पत्रकारहरुले प्रकाशलाई साहरुखको सिग्नेचर स्टेप कपी गरेको हो भनेर प्रश्न सोधेका छन् ।
प्रकाशले फिल्मको गीतका केही दृश्यमा गरेको स्टेप साहरुखको सिग्नेचर स्टेप हो । हुनत, यो अधिकांश हिरोहरुले गरेको पाइन्छ । तर, प्रकाशले भने यो बिषयमा भने–‘यो स्टेप कपी गरिएको हो या होइन भन्ने कोरियोग्राफर रामजी लामिछानेलाई सोध्नुपर्छ । तर, मलाई विश्वकै चर्चित नायकसँग तुलना गरिदिनुभएकोमा खुशी लाग्यो ।’
म्यूजिक भिडियो र गायन क्षेत्रमा सफल मानिएका यी गायक नायक बन्ने दौडमा छन् । आफ्नो सानैबाटको सपना नै नायक बन्ने रहेको भन्दै उनले सपना पुरा हुने क्रममा रहेको सुनाए ।

के प्रकाश सपुत नेपालका ‘सुपरस्टार’ हुन् ?

‘नाङ्गो गाउँ’को प्रचारमा किन छैनन् साम्राज्ञी ?

‘एक भगवत् र एक गीता’को कुनै कार्यक्रममा देखा परेनन् धिरज

सलोनका लागि झुल्किएका सलिन

परमिताले सार्वजनिक गरिन् ‘सोलमेट’

के मिडियाको दबाबमा केकीले बिहे गरेकी हुन् ?

प्रतिक्रिया