साक्षि फिचर्ड ‘ननिदाई ननिदाई’

Mero Film

‘ननिदाइ ननिदाइ’ बोलको नयाँ गीत सार्वजनिक भएको छ।  गीतकार मनिष वशिष्ठ शब्दमा सार्वजनिक भएको गीतमा वानिका प्रधान र सजल न्यौपानेको स्वर समावेश छ । गीतमा गायक सजलकै संगीत र सुमित विश्वकर्माको एरेन्ज रहेको छ ।

सजल कै निर्देशनमा बनेको सेमीक्लासिकल शैलीको यो गीतको भिडियोमा साक्षी लम्साल, वाणिका र सजल फिचर्ड छन् ।

गीतकार वशिष्ठले भने, ‘गीत हेर्ने क्रम बढ्दा सुन्ने संस्कार हराउँदै गएको महसुस भइरहेको बेला यो गीत सुनाउने प्रयास गरेको बताएका छन्।’

गीत एम बि क्रियशनको अफिसियल युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको छ।


Leave a Reply

Your email address will not be published.