दयाहाङ उत्कृष्ट भन्नेलाई प्रदीपको जवाफ–‘यता कमेन्ट गर्दा उता थाहा हुन्न’

सोमबार बिहानै नेपाली फिल्म ‘प्रेमगीत ३’ भारतमा हिन्दी भाषामा रिलिज हुन लागेको खबर फैलियो । यो खबरलाई भारतको चर्चित अनलाइन बलिउड हंगामाले समेत प्राथमिकताका साथ प्रकाशन गर्यो । जहाँ, यो फिल्मका मुख्य नायक प्रदीप खड्कालाई नेपालका सबैभन्दा ठूला स्टार भनेर लेखिएको छ ।
यो समाचारलाई प्रदीपले आफ्नो सामाजिक संजालमा शेयर गरे । जसमा एक जना दर्शकले प्रतिक्रिया दिदै लेखे–‘हाहा, अहिलेको समयमा नेपालको सबैभन्दा ठूलो सुपरस्टार दयाहाङ राई हुन्, तिमी होइनौं ।’ फ्यानले दिएको यो प्रतिक्रियामा प्रदीपले जवाफ दिए । उनले लेखे–‘यता कमेन्ट गरेर त्यता थाहा हुन्न ।’
प्रदीपले आफ्नो वालमा प्रतिक्रिया दिएको कुरा भारतीय मिडियालाई थाहा नहुने भन्दै प्रतिक्रिया दिएका हुन् । अब, प्रदीपले भारतमा त आफू नै नेपालको ठुलो स्टार भनिएको कुरालाई स्विकार गर्न दर्शकलाई घुमाउरो तरिकाले भन्न खोजेका हुन् या आफ्नो वालमा प्रतिक्रिया दिएर भारतमा दयाहाङ ठूला स्टार हुन् भन्ने थाहा नहुने भन्न खोजेका हुन्, यो उनले नै जान्ने कुरा भयो ।
तर, जवाफ नर्फाउँदा नै ठिक हुने बिषयमा पनि प्रदीप दर्शकसँग कमेन्टमा भिडिरहेका देखिन्छन् ।

आइटम गीतमा जम्दै वर्षा सिवाकोटी

रेखालाई बेनिशाको करिअरको चिन्ता

पल र करिश्मालाई कती हतार ?

जताततै स्वस्तिमा

निश्चलसँग फिल्म गरेपछि स्वस्तिमाको प्रशंसा नै प्रशंसा
_1K2RpWMqh9_xab27tnubq43azrglygwvoolehh3h6uzc4cwyqj1hafkgroeljph7miww65a_dv3YlHBppK_y3vjhpehzhgkzt3nxbipqq7xtywutpuytdoihkbzlexduakkblr5zhlf8p2b.jpg)
वर्षाको प्रचारः फिल्मको कुरा एकातिर, डिभोर्सको चर्चा चारैतिर

विरामी अनमोल: ठमठम हिँड्दै प्रहरी, सरकारी वकिल कार्यालय र अदालत पुगे !

प्रतिक्रिया