डिजे सन्तोषको नयाँ गीत ‘जालेरुमाल’ सार्वजनिक

लामो अन्तरालपछि डिजे सन्तोषले नयाँ गीत ‘जालेरुमाल’ सार्वजनिक गरेका छन्।
बुधबार काठमाडौंमा कार्यक्रम गर्दै गीत सार्वजनिक गरिएको हो । गीतमा डिजे सन्तोषसँगै टेकु कान्छा, सुनिता थेगिम, प्रिति कौर र सुरज शाही ठकुरीले स्वर भरेका छन् । यस गीतको शब्द रचना टेकु कान्छाले गरेका हुन् । भिडियोको निर्देशन पवित्रा आचार्य (पाउला) ले गरेकी हुन् ।
गीत सार्वजनिक कार्यक्रममा कलाकार सुनिल थापा, सरोज खनाल, गौरब पहाडी, गायिका प्रिति कौरलगाउत उपस्थित थिए । नेपालमा लोकगीतहरूलाई नयाँपन दिने श्रेय डिजे सन्तोषलाई जान्छ । चियाबारीमा, घरबेटी नानी, कलकत्ते काइयो, मै छोरी सुन्दरीलगायत दर्जनौं नेपाली गीतलाई रिमिक्स गरेका डिजे सन्तोषले पछिल्ला डेढ दशक विदेशलाई कर्मथलो बनाएका थिए । अध्ययनका लागि थाइल्यान्ड गएका सन्तोष त्यसपछि हङकङमा संगीत क्षेत्रमै सक्रिय थिए ।
कार्यक्रममा बोल्दै कलाकार सुनिल थापाले नेपाली लोकसंगितको प्रवर्ध्दनमा डिजे सन्तोषले गरेका प्रयासरू प्रशंसनीय रहेको बताए । डिजे सन्तोषको लोक संगीतप्रतिको लगाव र साधना देख्दा उनलाई ‘लोकदोहोरी बाबा’ भनेर सम्बोधन गर्न मनलाग्ने उनले बताए ।

प्रहरीको यूनिफर्म प्रयोग भएपछि युट्युबबाट हट्यो सुशान्तको गीत

राजेश घिमिरेको ‘तिम्रो निम्ति’ सार्वजनिक
‘तिम्रो मनमा लुकेको कुरा’ को रिमेक सार्वजनिक

उषासँग राजुको ‘घर नभाको मान्छे’

आरिफ रफको ‘आउँछौ कि भनेर’ सार्वजनिक

प्रमोद खरेलको स्वरमा ‘अर्कैको सिन्दुर लायौ’

हायात ग्राउन्डमा गुञ्जिदै अरिजीत सिंह, १८ हजार टिकट बिक्री

प्रतिक्रिया