कारागारमा ७ सय ग्राम चामल र ६० रुपैयाँले कसरी चल्दैछ पलको दैनिकी ?

नेपाली फिल्म र म्युजिक भिडियोका सर्वाधिक सफल नायक पल शाह विगत ४ महिनादेखि तनहुँ कारागारमा छन् । एक नाबालिका गायिकाले बलात्कारको आरोप लगाउँदै जिल्ला अदालत तनहुँमा मुद्दा दायर गरेपछि पलले प्रहरी समक्ष आत्मसर्मपण गरेका थिए । यसपछि, अदालतको आदेशमा पल कारागारमा छन् ।
नेपाल सरकारले कारागारमा रहेका कैदी बन्दीलाई दैनिक ७ सय ग्राम चामल र ६० रुपैयाँ दिदै आएको छ । यही खर्चबाट नै अन्य कैदीसँगै पलले पनि दैनिकी विताइरहेका छन् । पल १३९ कैदीसँगै कारागारमा छन् ।
तर, पलले निजी खर्चमा पनि दैनिक चलाइरहेका छन् । उनले, ३ जनाको समुह बनाएर मेस चलाएका छन् । पलले गर्मी महिनामा सरकारले दिने २५ सय रुपैयाँको लत्ता कपडा खर्च पनि वुझिसकेका छन् ।
नायक पल शाहको मुद्दाको किनारा कहिले लाग्छ पक्का भएको छैन । तर, पलले भने चाडै नै मुद्दाको किनारा लागे हुन्थ्यो भने चाहना राख्ने गरेका छन् ।

वान सिनेमाज्को स्पष्टिकरणः ‘एनिमल’मा दर्शकको प्रवेश पत्र जाँच गरेका छौं

बसन्तपुरको ‘पवित्र इनार’माथि नाँचेपछि प्रकाश सपुतको आलोचना

फिल्मसँगै ब्रान्डमा पनि उत्तिकै नाजिर

सम्राटको ‘कंगारु’मा केदार घिमिरे ‘माग्ने बुढा’ फाइनल

‘छ्या ! के गरेको होला भन्ने भूमिकाबाट फिल्ममा डेब्यू गर्न चाहन्नँः उषा उप्रेती

‘एनिमल’मा विपिनलाई कुन भूमिकाका लागि अफर गरिएको थियो ?

पलाँस नायकको आक्रोश–‘हामीलाई भिलेनमा पत्याउनन्, एउटै कलाकारलाई कती हेर्नु ?

प्रतिक्रिया