तेश्रो पटक पनि फ्लप अर्जुन कुमारको ‘चपली हाइट ३’

Mero Film

निर्माता अर्जुन कुमारको सोचमा चल्यो फिल्म ‘चपली हाइट ३’ । फिल्मलाई उनले जहिले लगाउन मन लाग्यो, त्यहीले नै लगाए । पहिलो पटक पौष ३० मा लगाए । फिल्म चलेको ३ दिनमै कोरोनाका कारण लकडाउन भयो र सर्यो । दोश्रो पटक यो फिल्म फागुणको १ गतेबाट चल्यो । यो पटक पनि फिल्म चलेन ।

उनै, अर्जुनले शुक्रबार अर्थात हिजोबाट फिल्म हेर्न नपाएका दर्शकका लागि भन्दै फेरि रिलिज गरे । तेश्रो पटक फिल्म रिलिज गरेर केही न केही भएपनि पैसा कमाउने उनको सोच फेरि असफल भयो । अर्जुन कुमारको तेश्रो पटकको प्रयासमा पनि ‘चपली हाइट ३’ले दर्शक पाएन । बरु, एउटा हिट सिरिजको ब्रान्डलाई नै उनले धमिलो बनाउने प्रयास गरेका छन् ।

निकेश खड्काको निर्देशनमा बनेको यो फिल्ममा स्वस्तिमा खड्का, सुपुष्पा भट्ट, महेश त्रिपाठी लगायतको अभिनय छ ।


Leave a Reply

Your email address will not be published.