विवादित बनेपछि ‘पापाकी परि’बाट हट्यो करिश्माको ‘पेटिकोट डान्स’

मोडल करिश्मा ढकालको नृत्य रहेको ‘पापाकी परि’ बोलको गीतको भिडियोबाट केही दृश्य हटाइएको छ । गायिका सुशिला पाठकले गीतका केही शब्द र दृश्यलाई युट्युबाट हटाएकी हुन् । विशेषगरि, मोडल करिश्मा ढकाललाई पेटिकोट लगाएर नचाइएको पाटो हटाइएको हो । यो पाटोमा समावेश शब्दहरुमा समेत मिडिया र दर्शकले आलोचना गरेका थिए ।

मौसम हिमालीको निर्देशनमा बनेको गीतको भिडियोका अन्य दृश्यहरु भने यथावत् नै छन् ।

‘के हुन्छ होला है बिहेको राती, अध्यारो कोठामा अन्जान साथी, संझेरै गैहाल्यो सात्तो बरीलै’ लगायतका शब्द हटाइएको छ भने यही शब्दमा करिश्मा र कोरसहरुलाई पेटिकोटमा नचाइएको थियो ।