‘सम्हालिन्छ कहिले मन’को प्रेमिलो ट्रेलर

निर्माण भएको केही बर्षपछि बल्ल रिलिजमा आउन लागेको सुदर्शन थापा निर्देशित फिल्म ‘सम्हालिन्छ कहिले मन’को ट्रेलर सार्वजनिक गरिएको छ । शुक्रबार युट्युबबाट सार्वजनिक ट्रेलरले प्रेम, मित्रता, धोका र विछोडका कथा भन्छ ।
सार्वजनिक ट्रेलरमा मुख्य कलाकारहरु नायिका पूजा शर्मा र नायकद्धय सोनम तोप्देन, आकाश श्रेष्ठलाई देखाइएको छ ।

पूजा र सोनमको मित्रतामा आकाशको प्रवेशसँगै आउने विभिन्न खालका उतारचढावमा यो फिल्म बनेको छ । बेलायतका रमणीय दृश्यलाई छायांकार सौरभ लामाले गज्जबले उतारेका छन् । फिल्ममा अर्जुन पोखरेलको संगीतले मुटुको काम गरेको छ ।

फिल्मको ट्रेलरमा संवाद धेरै छ । एबी प्रोडक्शनले निर्माण गरेको यो फिल्म भदौको १७ गतेबाट रिलिज हुँदैछ ।