‘छक्का पन्जा ४’मा अफरबारे बेनिशाको स्पष्टिकरण

नायिका बेनिशा हमाल हेमराज बीसीको निर्देशनमा तयार भैरहेको फिल्म ‘छक्का पन्जा ४’मा काम गरिरहेकी छिन् । यो चलचित्रमा काम गरेसँगै बेनिशाको करिअरमा नै नयाँ आयाम आउने अपेक्षा गरिएको छ । राम्रो काम गरेर पनि चर्चा पाउन नसकेकी बेनिशालाई यो चलचित्रले नयाँ यात्रामा दौडाउने धेरैको विश्वास छ ।

तर, चलचित्रमा काम गर्ने वित्तिकै बेनिशालाई एउटा खबरले भने तनाव दियो । किनकी, यो चलचित्रमा काम गर्नका लागि उनलाई निर्देशक विशाल भण्डारीले दीपाश्री निरौलामार्फत सिफारिश गरेको भन्ने खबर सार्वजनिक भएपछि उनी तनावमा परिन् ।

बेनिशाले आफूलाई कुनै पनि निर्देशकले सिफारिश नगरेको स्पष्ट पारेकी छिन् । उनले भनिन्–‘मेरो बिषयमा थुप्रै गसिप सार्वजनिक भएका छन्, जसलाई मैले सामान्य रुपमा लिदै पनि आएकी छु । तर, हुँदै नभएको कुरा आउँदा भने दुःख लाग्दो रहेछ । मलाई छक्का पन्जा टिमले नै चलचित्रका लागि अफर गर्नुभएको हो ।’

कुनै समय विशाल र बेनिशाको सम्बन्ध विग्रिएको थियो । तर, विगत केही महिनादेखि भने यी दुईविच बोलचाल हुन थालेको छ ।

चलचित्र ‘प्रेमगञ्ज’को प्रचारका लागि बेनिशा बिशालको निर्देशनमा प्रशारण भैरहेको ‘कमेडी क्लब विथ च्याम्पियन्स’मा पनि पुगिसकेकी छिन् । यो चलचित्र भदौको ३ गतेबाट रिलिज हुँदैछ ।