गर्भवती भएपछि फेरिएकी आलिया, तर काममा नै व्यस्त

नायिका आलिया भट्ट बिहेको गरेको २ महिनामा नै गर्भवती भइन् । सन्तानलाई जन्म दिने तयारीमा रहेकी आलिया निक्कै खुशी छिन् । जिन्दगीलाई नयाँ यात्रामा दौडाइरहेकी यी नायिका आफ्ना पति रणवीर कपुरसँग फिल्म ‘ब्रम्हास्त्र’को प्रमोशनमा पनि व्यस्त छिन् ।

उनै, आलिया र रणवीर फिल्मको गीत रिलिज कार्यक्रममा निर्देशक अयान मुखर्जीको साथमा देखिए । यो कार्यक्रमको तस्वीर भाइरल भैरहेको छ । फोटो भाइरल हुनुको कारण आलियाको बेबी बम्प हो ।

सुरुमा एक्लै तस्वीर खिचाएका रणवीरले पछि आलियालाई पनि आफ्नो छेउमै ताने । आलियाले ब्राउन रंगको पहिरन लगाएकी थिइन् । जहाँ, उनको बेबी बम्प स्पष्ट रुपमा देखिएको थियो ।

आलियाले गर्भवती भएपछि यदि कोही स्वस्थ छ भने आराम गरेर बस्न आवश्यक नरहेको तर्क गर्दै आएकी छिन् ।