कार्तिक ११ मा पुग्यो ‘लाखे’, ‘बाबरी’ सोलो रिलिज

भदौको ३१ गतेबाट रिलिज हुने भनिएको फिल्म ‘लाखे’को प्रदर्शन मिति हेरफेर भएको छ । यो मितिमा फिल्मको काम नसकिने जानकारी दिदै यसको निर्माणपक्षले अब कार्तिकको ११ गतेबाट फिल्म रिलिज हुने जानकारी दिएको छ ।

योसँगै भदौको ३१ गतेबाट नै रिलिज हुने अर्को फिल्म ‘बाबरी’लाई फाइदा हुने देखिएको छ । सुरेन्द्र पौडेल निर्देशित यो फिल्ममा धिरज मगर र अदिती वुढाथोकी मुख्य भूमिकामा छन् ।

फिल्म ‘लाखे’ अब तिहार लगतै रिलिज हुनेछ । सम्राट बस्नेतको निर्देशनमा तयार भएको यो फिल्ममा सौगात मल्ल, अर्पण थापा, आर्यन अधिकारी, अनुप विक्रम शाही, बर्षा राउत, सुशिल सिटौला, प्रशान्त ताम्राकार लगायतका कलाकारको अभिनय छ ।