‘झिँगे दाउ’को ट्रेलरमा केकी र आँचलको कुटाकुट

Mero Film

भदौको १७ गतेबाट रिलिज हुन लागेको फिल्म ‘झिँगे दाउ’को ट्रेलर आज एक कार्यक्रमको आयोजना गर्दै सार्वजनिक गरियो । ज्ञानेन्द्र देउजा निर्देशित यो फिल्ममा नायिकाद्धय केकी अधिकारी र आँचल शर्मा, कलाकारद्धय मुकुन भुषाल र कुशल बिष्टको मुख्य भूमिका छ ।

यो फिल्मले घरमा बुहारी भित्रिएपछि छोराहरुबिच कसरी झगडा सुरु हुन्छ र आमा–बाबुको परिवारमा नै उतारचढाव कसरी हुन्छ भन्ने देखाउन खोजेको छ ।

फिल्ममा सुलभ प्रतिक देउजा र समिक्षा देउजाको लगानी छ । फिल्ममा सुशिल दाहाल र इश्वर घिमिरे सह–निर्माताको रुपमा छन् । फिल्ममा प्रदीप भारद्धाजको कथा र संवाद, बिष्णु घिमिरे ‘कल्पित’को छायांकन, अर्जुन पोखरेलको संगीत, रामजी लामिछानेको कोरियोग्राफी, रोशन श्रेष्ठको एक्सन छ । भीमनिधी तिवारीको चर्चित कृति ‘झिँगे दाउ’मा आधारित रहेर यो फिल्म तयार पारिएको हो ।


Leave a Reply

Your email address will not be published.